साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम
टिकापुर, कैलाली

भूमिका

मधेश–थरुहट आन्दोलन विगत ८ महिनाभन्दा लामो समयदेखि जारी रहेको छ । हालसम्म ४५ जनाभन्दा अधिक सर्वसाधारण मारिएका छन् । राज्यबाट आन्दोलनमा मानव अधिकार हनन्का घटना व्यापक भएको छ । थरुहटमा मानव अधिकार हनन् तथा राज्य आतंकको वातावरण अहिलेसम्म पनि जारी रहेको छ । राजनीतिक दलहरुले आ–आफ्नो तबरबाट कार्यक्रमहरु गरिरहे पनि समाजिक स्तरबाट कामहरु भएको छैन ।

थरुहटका नागरिक समाज तथा बुद्धिजिवि वर्ग पनि एक्लो महसुस गर्नुका साथै त्रास कै वातावरणमा रहेको छन् । तसर्थ वातावरण सहजिकरण र बहसका लागि अन्तरक्रिया आवश्यक छ । साथै मानव अधिकार हनन्मा राज्य पक्षले देखाएको चरम दमनका केही तथ्यहरु बाहिर ल्याउन साक्षात्कार पनि आवश्यक छ ।

 

Guest Speakers

  • Pheru Lal Chaudhary
  • Lal Bahadur Chaudhary
  • Ram Bahadur Chaudhary
  • Lakhan Chaudhary

Schedule and Venue:

Date: June 4, 2016
Time: 1:30 PM – 4:30 PM
Venue: Tikapur, Kailali, Nepal